प्रदेश २ मा प्रदेशसभाबाट पारित दुईवटा विधेयक पुनः पारित
निरंजन कुमार साह,
प्रकाशित २०७८ असोज २२ शुक्रबार
1.4k
Shares
जनकपुरधाम। प्रदेश नम्बर दुईको प्रदेशसभाबाट पारित दुईवटा विधेयक पुनः पारित भएका छन्। पारित भइसकेको विधेयक प्रमाणीकरणका लागि तत्कालीन प्रदेश प्रमुख राजेश झा अहिराज समक्ष जाँदा फिर्ता पठाइएको थियो ।
फिर्ता गरिदिएको विधेयक शुक्रवार बसेको प्रदेशसभाको बैठकले पुनः पारित गरेका हुन् ।दुवै विधेयक सर्वसम्मतले पारित भएको हो । यसअघि यो विधेयक २६ असोज २०७७ मा पारित भएको थियो ।
स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण नगरी फिर्ता भएको थियो । अहिले प्रदेश २ मा प्रदेश प्रमुख हरिशंकर मिश्र रहेका हुन् ।