arrow

उद्योग मन्त्री हमालको राजीनामा स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
gajendra-hamal-mantri.jpg

काठमाडौं । नव नियुक्त उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेकामा सो अनुरोधलाई सहर्ष स्वीकार्दै मन्त्री हमालले आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा दिएका थिए । उनले दिएको राजीनामा प्रधानमन्त्री देउवाले तत्कालै स्वीकृत गरेका हुन् । 

संचार माध्यममा आएका समाचार र कानूनविद्हरुले प्रश्न उठाएपछि हमालले पदबाट राजीनामा गरेको बताएका छन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यू म लामो समयदेखि कांग्रेसको विभिन्न पदहरुमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापतिसमेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मूल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु’, हमालले राजीनामा पत्रमा लेखेका छन्, ‘हाल विभिन्न संचारमाध्ययमहरुमा संप्रेषित समाचार तथा कानूनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार संप्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षौंसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरुबीच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाईकोसमेत अवमूल्यन भएको बोध भएको छ । तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु ।’

हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले तत्कालै स्वीकृत गरे पनि हमाल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशिल छन् । उनी २०२७ सालदेखि कांग्रेसको विभिन्न पदहरुमा बसेर काम गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ