arrow

बाँकेका हिंसा पीडितमाथि सरकारी हिंसा निन्दनीय – नेविसंघ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
nebisangh-bidad.jpg.jpeg

काठमाडौं । बाँके जिल्लाको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्तबुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा छानबिन र अनुसन्धान गर्न माग गर्दै नेपालगञ्जदेखि २० दिन पैदल हिँडेर न्यायका लागि काठमाडौं आएका हिंसापीडितमाथि राज्यले थप हिंसा गर्नु अत्यन्तै गैह्रजिम्मेवार र  विडम्बना हो भन्दै नेपाल विद्यार्थी संघले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले न्यायको निम्ति शान्तिपूर्ण आन्दोलन गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएकोले लोकतन्त्र र कानूनी राजमा जनताले उठाएका आवाज सरकारले सुन्ने र सम्बोधन गर्नु पर्दछ भन्दै  यो जनताको सरकार हो र जनताको सरकार पूर्ववर्ती जनतामारा सरकारको लयमा जानु नहुने तर्फ समेत गराएका छन् ।

महामन्त्री तिमल्सिनाले हिंसा र अन्यायका विरुद्ध अनुसन्धान तथा छानबिनको माग गर्दै काठमाडौंमा कालो ब्यानर बोकेर धर्ना दिएका हिंसा पीडित महिलाहरूको समस्या चाँडै समाधान गर्न सरकारसँग माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ