arrow

पछिल्ला राजनीतिक घटनाक्रमले संविधान र कानुनी राज्यको उपहास : कमल थापा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २५ सोमबार
kamal-thapa_(2)1.jpg

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले  पछिल्ला राजनीतिक घटनाक्रमले संविधान र कानुनी राज्यको उपहास भइरहेको बताएका छन् । 

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता चन्द्रबहादुर गुरुङको स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा थापाले भने, “लोकतन्त्र स्थापनापछि विकास र समृद्धिका हिसाबले मुलुकले काँचुली फेर्ने आशा गरिए पनि पछिल्ला राजनीतिक घटनाक्रमले संविधान र कानुनी राज्यको उपहास भइरहेको छ ।”

थापाले देश र जनताका हितका खातिर जनमत सङ्ग्रहविना राजतन्त्र, धर्मनिरपेक्षताका विषयमा निर्णयमा पुग्न हुन्न भनी सशक्त मत राख्ने स्व. गुरुङ मिलनसार, प्रखर वक्ता र सिद्धान्तनिष्ठ नेता रहेको बताए ।
 
जनआन्दोलन २०६२-६३ का बलमा स्थापित ३१ दलको प्रतिनिधित्व रहेको संसद्मा राप्रपा संसदीय दलका नेता गुरुङले गणतन्त्र, धर्मनिरपेक्षतालगायत विषयमा दलको अडान सशक्त रुपमा राखेको स्मरण गरे।

सोही दलका अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले वाणि र काममा एकरूपता कायम राख्दै राजनीति मूल्य मान्यता, आदर्शमा नडगमगाउने स्व. गुरुङ सबैसँग मित्रता र बन्धुत्व कायम गर्न सक्ने क्षमतावान् नेता रहेको बताए ।

वर्तमान शासन प्रणालीको आधार तयार गर्ने सवालमा राप्रपा रहेको स्मरण गराउँदै अन्य सहभागी वक्ताले स्व गुरुङका नाममा स्थापित स्मृति अध्ययन प्रतिष्ठानलाई देशका समसामयिक विषयमा छलफल चलाउन सुझाव दिए । अर्द्ध रोगको उपचारका क्रममा उनको केही वर्षअघि निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ