arrow

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २७ बुधबार
nepal-football-bangladesh.JPG

काठमाडौँ । नेपालले साफ च्याम्पियनसिप-२०२१ को फाइनल खेल पहिलो पटक खेल्ने भएको छ । 

मालदिभ्समा जारी खेल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बङ्गलादेशसँग बराबरी खेलेपछि नेपालले फाइनल खेलमा आफ्नो स्थान सुरक्षित बनाएको हो । 

राउन्ड रोबिन लिगअन्तर्गतको आजको खेलमा १० खेलाडीमा सीमित रहेको बङ्गलादेशसँग नेपालले १-१ गोलको बराबरी खेल खेलेको हो । 

माले स्थित राष्ट्रिय रङ्गशालामा भएको खेलमा खेलको नवौँ मिनेटमा बङ्गलादेशका सुमन रिजाले गोल गरेर आफ्नो देशलाई अग्रता दिलाएका थिए । 

नेपालका लागि अञ्जन विष्टले दोस्रो हाफको ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएका थिए । फाइनल खेल आगामी शनिवार राति हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ