arrow

कहिल्यै दसैँ आउन नसकेको समुदाय 

logo
विवेक मिश्र,
प्रकाशित २०७८ असोज २८ बिहिबार
banjara.jpg
तस्बिर -विवेक मिश्र

मोरङ । तराई भेगमा घुमन्ते जातीको रूपमा परिचय बनाएको बन्जारा जाती जसलाई कहिल्यै दसैँ आउन सकेको छैन । 

राजमार्ग छेउ अथवा खोला किनारमा खुल्ला आकाशमै रात बिताउन बानी परिसकेको यो समुदायलाई शिक्षा स्वास्थ्यको पहुँच  त परै जावस् भरेको छाक टार्नै मुस्किल छ । 

No description available.

उनीहरू जङ्गलमा बाँसको घोचाले चरा मारेर खानु आफ्नो मुख्य पेसा रहेको बताउँछन् ।

 बिहीबार देशैभर दशैको महानवमी पर्व मनाई रहँदा मोरङको लक्ष्मी मार्ग स्थित पूर्वपश्चिम राजमार्ग किनारमा बसेका सन्जीत वन्जरा र सञ्जय वन्जराको १३ जना सङ्ख्याको परिवार भने ४ महिने नाबालक सहित चिसो सितमा लपक्कै भिजेर रात काटेका थिए । 

No description available.

बर्खामा घरमा बस्ने र हिउँद लागेपछि विभिन्न ठाउँ चहार्दै हिँड्ने यो समुदाय शिक्षाको पहुँच भन्दा धेरै टाढा रहेको छ ।

No description available.

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ