arrow

हेटौँडाका सुमोले दोब्बर भाडा असुल्दै, प्रशासन मौन  

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ कार्तिक १ सोमबार
bhadaheauda.jpg

हेटौँडा । हेटौँडा-भीम फेदी- काठमान्डु चल्ने टाटा सुमोले मनपरी भाडा असुल्दा यात्रुहरु मारमा परेका छन् । बर्सेनि चाडबाडको मौका छोपी हेटौँडा - काठमान्डु चल्ने सुमोले ३ गुणा बढी भाडा असुल्ने गर्छन् । 

यसपालि पनि दसैँ अघिदेखि नै काठमान्डुबाट हेटौँडा आउने र हेटौँडाबाट काठमान्डु जाने यात्रुले सुमोको मनपरी भाडा तिर्न बाध्य बनेका छन् ।हेटौँडाको गल्ली गल्लीमा काउन्टर राखेर बसेका सुमोले अहिले प्रति व्यक्ति १५ सय सम्म लिएको पाइएको छ । 

भाडा ४ सय ६५ रुपैयाँ भए पनि सुमोहरूले ८ सयदेखि १५ सयसम्म लिने गरेको यात्रुहरूले गुनासो गरेका छन् ।यात्रुलाई दिने टिकटमा साबिककै भाडा लेखेर यात्रु सँग भने मनलाग्दी भाडा लिने गरेको यात्रुहरु बताउँछन् ।यात्रुहरु यसरी ठगिँदा मकवानपुरको प्रहरी प्रशासन भने मौन बसेको छ ।

 चाडबाडको मौका छोपी सुमोले यात्रु ठगिरहँदा बर्सेनि प्रशासन मौन नै बस्ने गरेको छ । विरोध हुन थालेपछि केही गरे जस्तो गरे पनि यात्रुहरूलाई खुलेआम यातायात व्यवसायीले ठग्दा यहाँका प्रहरी र प्रशासनले देखे नदेखे झैँ गर्छन् । 

प्रहरी दसैँ अघिदेखि सधैँ हेटौँडाका सुमोले यात्रुसँग दोब्बर भन्दा बढी भाडा असुलिरहँदा प्रहरीले भने कारबाही गरेको छैन  बरु दसैँमा टिका थाप्न हिँडेकालाई प्रहरीले चेकिङ गर्दै कारबाही गरिरहेको छ।

मकवानपुर प्रहरीले चाडबाड लक्षित कडाइ भन्दै टिका र जमरा लगाएर हिँडेकालाई रोक्दै चेकजाँच गर्ने गर्छ । तर एक यात्रुलाई १ हजारसम्म बढी भाडा लिने सुमोहरूलाई भने प्रहरीले कुनै कारबाही गर्दैन ।

विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन हुन थालेपछि भने प्रहरीले ५ वडा सुमोलाई कारबाही गरेको जनाएको छ । तर एक पटकमा १० जना यात्रुसँग १० हजार ठग्ने सुमोलाई ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै १ हजारका दरले जरिवाना तिराएको छ ।हेटौँडामा करिब ४ सय बढी सुमो छन् । 

ती सुमोले एक पटकमा करिब १० हजार सम्म बढी भाडा असुल्ने गरेका छन् । तर प्रहरीको कारबाही भने प्रति सुमो १ हजार जरिवाना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ