arrow

नदीमा फसेका थापा दम्पतीको उद्धार

logo
रासस,
प्रकाशित २०७८ कार्तिक १ सोमबार
meghna-river-bangaladesh.jpg

कैलाली । कैलालीमा बाढीले गर्दा नदीका बीच टापुमा फसेका थापा दम्पतीको सकुशल उद्धार गरिएको छ । 

गोदावरी नगरपालिका-८ स्याउलेस्थित खुटिया खोलामा बालुवा, ढुङ्गा निकाल्न गएका सोही नगरपालिका-९ बल्मीका मानबहादुर थापा र निजकी श्रीमती रेबु थापालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

बाढी आई नदीको बीच टापुमा फसेको थापा दम्पतीको इलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरी बल नं ४७ गण बनबेहडाबाट संयुक्तरूपमा प्रहरी टोली खटीई सकुशल उद्धार गरिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ