arrow

मलेओडारमा जीप दुर्घटना, पाँच जना घाइते

logo
हरि पन्त, 
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
accident-bussss.jpg

गोरखा । फुजेलबाट बेनीघाट जाँदै गरेको बोलेरो जीप दुर्घटना भएको छ । गण्डकी गाउँपालिकाको बेनीघाट नजिकै मलेओडारमा दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् । उनीहरूको मलेखुको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जीपमा १५ जना सवार थिए ।

ना ४ च ७७३८ नम्बरको जीप ब्रेक फेल भएर दुर्घटना भएको बताइन्छ । ब्रेक फेल भएपछि चालक राजु थापाले जीपलाई भित्तामा ठोक्काएर जोगाएका थिए । 

दुर्घटनाका घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । क्षमताभन्दा बढी लोड हुँदा बोलेरो दुर्घटनामा परेको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ