डोटी। घरको माथिबाट आएको पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको सायल गाउँपालिका -६ बस्ने वीर बहादुर कुन्जेडाको घरमा सोमबार राती बर्षातका कारण घर भत्किदा उनका १५ वर्षीय छोरा सागर कुन्जेडा र १० वर्षिया छोरी आसिका कुन्जेडा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
घटना स्थलमा प्रहरी निरीक्षक किसन चन्द नेतृत्वको टोली खटाएको जनाएको छ। घरमा पालेका गाई भैँसी समेत मरेको स्थानीय टेक बहादुर कुन्जेडा जानकारी दिए।