arrow

रुबी खानले १३ दिनमा तोडिन अनसन: गृह मन्त्रालयले बनायो छानबिन समिति

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
rubikhan.jpg

काठमाडौँ। सरकारले बाँके घटनाको सत्य तथ्य छानबिनका लागि समिति बनाएपछि १३ दिनदेखि अनसनरत रुबी खानले अनसन तोडेकी छन्। बाँकेमा नकुन्नी धोबी र निर्मला कुर्मीको हत्या भएको भन्दै न्यायका लागि खानसहितका स्थानीय माइतीघर मण्डलामा अनसन बस्दै आएका थिए।

मङ्गलवार सरकार र खानबीच भएको सहमतिपछि सरकारले घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति बनाइएको हो। माइतीघर मण्डलामा मानवअधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जुस खुवाएर अनसन तोडाएका हुन्।

स्थानीयले धोबी र कुर्मीको हत्या गरिएको भन्दै प्रहरीमा उजुरी गर्न गएका थिए। तर प्रहरीले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरी विरोध जनाएका थिए।

त्यसपछि उनीहरू बाँकेबाट १ असोजमा पैदल हिँडेर काठमाडौँ आइ अनसन बसेका थिए। उनीहरूले जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसूदन न्यौपानेलाई विभागीय कारबाही गर्न मागसमेत गर्दै आइरहेका छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ