arrow

बाढी पहिरोबाट जनधनको क्षति बढ्दै गएपछि गृहमन्त्रीको प्रदेश २ को भ्रमण स्थगित

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
balkrishna-khad.jpg

काठमाडौँ। देशमा बाढी, पहिरो र डुबानका घटना बढेसँगै गृहमन्त्री बालकृष्ण खाँणले पूर्व निर्धारित सबै औपचारिक कार्यक्रम स्थगित गरेका छन्। गृहमन्त्री खाँडले विपद्का घटनाबाट पीडित बनेकाहरूको उद्धार, राहत र सुरक्षित स्थानमा सार्ने कामको व्यस्तताका कारण बुधवारबाट प्रदेश-२ का तीन जिल्लामा गर्ने तय भएको दुई दिने भ्रमण कार्यक्रम स्थगित गरेको उनको सचिवालयले जनाएको छ।

उनी बुधवार र बिहीबार गरी प्रदेश-२ का धनुषा, महोत्तरी र सर्लाहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम तय थियो। तर देशको पश्चिमी तथा पूर्वी क्षेत्रमा बाढी, पहिरो तथा डुबानका कारण जनधनको क्षति बढ्दै गएपछि गृहमन्त्री खाँणले त्यसतर्फ ध्यान दिनु पर्ने भन्दै भ्रमण स्थगित गरेको उनका स्वकीय सचिव नरेन्द्र केसीले जानकारी दिए। ती जिल्लाको भ्रमण कार्यक्रम मौसम अनुकूल भएपछि पछि पुनः तय हुनेछ।

खाँणले बुधवार जिल्ला प्रशासन कार्यालय सर्लाहीको मलङवामा निर्मित भवन शिलान्यास गर्ने, जिल्लाका कार्यालय प्रमुखहरूलाई निर्देशन दिने तथा पार्टी कार्यकर्तासँग भेटघाटको कार्यक्रम तय थियो।

यस्तै बिहीबार प्रदेश-२ को सुरक्षासम्बन्धी बैठकमा सहभागी हुने, जानकी मन्दिरको दर्शन गर्ने र कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भएको थियो।



लोकप्रिय समाचार
नयाँ