काठमाडौँ। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसल नामको सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गरेका छन्। यो सामाजिक सञ्जालको बेटा भर्जन आउँदो महिना (नोभेम्बर) मा निश्चित प्रयोगकर्ताहरूका लागि एप स्टोरमा उपलब्ध हुनेछ।
सन् २०२२ को सुरुदेखि अन्य सबैका लागि प्रयोगमा आउने बताइएको छ। यो प्लेटफर्म ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी)बाट सञ्चालनमा रहनेछ। एक प्रेसविज्ञप्तिमार्फत यो जानकारी सार्वजनिक भएको हो।
विज्ञप्तिमा ट्रम्पलाई उद्धृत गर्दै उल्लेख गरिएको छ, 'मैले ठुला प्रविधि कम्पनीको अत्याचारको सामना गर्नको लागी ट्रुथ सोसल/टीएमटीजीको स्थापना गरेको छु। हामी एक यस्तो दुनियाँ मा बाँचिरहेका छौँ जहाँ ट्विटरमा तालिबानको ठुलो उपस्थिति छ, तर तपाईँको मन पर्ने अमेरिकी राष्ट्रपति चुप गराइएको छ। यो अस्वीकार्य छ।'
🚨President Donald J. Trump Announces Trump Media & Technology Group🚨
“I created TRUTH Social and TMTG to stand up to the tyranny of Big Tech...