arrow

डुबानमा परेको विराटनगर विमानस्थलबाट शनिवारदेखि उडान

logo
विवेक मिश्र,
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
biratnagarairport.JPG

मोरङ । वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा शनिवारबाट सुचारु हुने भएको छ।  लगातारको वर्षापछि आएको बाढी मङ्गलवार विमानस्थलमा पसेपछि उडान अवरुद्ध भएको थियो । 

विमानस्थलको धावनमार्ग, पार्किङ एरिया जलमग्न भएपछि मङ्गलवारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण रोकिएका थिए।

विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार शनिवार बिहान ७ बजेबाट उडान सुचारु हुनेछ । विमानस्थलको सबै उपकरणको चेकजाँच नसकिएकोले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र उडान हुने कार्यालयले जनाएको छ। 

विमानस्थलको सबै उपकरण चेकजाँचपछि मात्र साँझपछिको उडान सुचारु हुने नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख उत्सव खरेलले बताए ।

मौसम सफा हुँदै गएको तथा विमानस्थलको पानी सुक्दै गएकाले शनिवारदेखि नियमित उडान सुरु हुने विमान कम्पनीहरूले बताएका छन् । उनीहरूले शनिवारको उडानको लागि टिकट बुकिङ गरिरहेका छन् ।

विराटनगर विमानस्थलमा बुद्ध एयरले दैनिक ९ वटा र यति एयरले दैनिक ५ वटा उडान गर्दै आएको छ । यस्तै सौर्य एयर र श्री एयरलाइन्सले ४-४ र गुण एयरले एक उडान गर्दै आएका छन् ।

विराटनगरबाट हुने उडान सेवा अवरुद्ध भएपछि विमान कम्पनीहरूले विराटनगरको विकल्पमा भद्रपुरबाट र राजविराजमा उडान थपेर सेवा दिइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ