- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। कोरोनाले दुई वर्षदेखि रोकिएको जुत्ता चप्पल मेला फेरि सुरु हुने भएको छ। राजधानीका उपभोक्ताले लामो समयदेखि प्रतीक्षा गरिरहेको जुत्ता चप्पल मेला सुरु भएको हो। जुत्ता चप्पलको चर्चित ब्रान्ड शिखर सुजले राजधानीको भृकुटीमण्डपमा जुत्ता चप्पलको विन्टर सेल मेला सुरु गरेको हो।
शिखरको आधिकारिक विक्रेता शिखर पियु इन्डस्ट्रिजले सञ्चालन गरेको मेलामा अविश्वसनीय मूल्यमा शिखर सुजका जुत्ता चप्पल उपलब्ध हुने मेला सञ्चालक राजु उप्रेतीले बताए । ‘मेलामा उपभोक्तालाई असामान्य छुट उपलब्ध हुने छ, उनले भने।
दुई वर्षदेखि मेलामा जुत्ता चप्पल किन्न नपाएका उपभोक्तालाई लक्षित गरी मेला सुरु गरिएको उप्रेतीले बताए ।
कोरोना महामारीले मेला महोत्सव ठप्प भएको झन्डै दुई वर्षपछि मेला आयोजना गरिएको हो । मेलामा कोरोना सङ्क्रमण रोक्न स्वास्थ्य सुरक्षाका सबै विधि अपनाइएको उप्रेतीले बताए। मेला प्रवेश गर्नेहरूका लागि गेटमै स्यानिटाइजर र मास्कको व्यवस्था गरिएको छ । ग्राहकले दुरी कायम गरेर जुत्ता चप्पल छान्न सक्ने व्यवस्था मिलाइएको छ।
‘शिखरको एकल सेला मेला जुत्ता चप्पल किन्नेहरूका लागि निकै सस्तोमा लिने मौका हुनेछ, उप्रेतीले भने, अत्यन्त सस्तो दाममा उपलब्ध गराइने भएकाले उपभोक्ताले वर्षभरिका लागि चाहिने जुत्ता चप्पल यही मेलामा एकै पटक किन्न सक्नेछन् ।' उनका अनुसार मेलामा २ हजार रुपैयाँमा सम्पूर्ण परिवारका लागि जुत्ता चप्पल उपलब्ध हुनेछन् ।
मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका जुत्ता उपलब्ध रहेका छन् । मेलामा महिलाका लागि उपयुक्त हुने जुत्ता चप्पलसमेत राखिएका छन् । शिखरले पार्टी, स्पोर्टस, क्याजुयल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता मेलामा उपलब्ध गराएको छ ।