arrow

मेस्सीले छाडेपछिको पहिलो एल क्लासिको भिडन्तमा बार्सिलोना पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
barcelona-real-madrid-2021.jpg

काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा लियोनल मेस्सीले बार्सिलोना छाडेपछिको सिजनको पहिलो एल क्लासिको भिडन्तमा रियाल मड्रिडले बाजी मारेको छ । आइतबार राति भएको खेलमा रियालले बार्सिलोनालाई २–१ गोल अन्तरले हराउन सफल भएको हो । 

मेस्सीले बार्सिलोना छाडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएपछि बार्सिलोना घरेलु मैदानमै कमजोर देखिएको छ । बार्साको मैदानमा भएको खेलमा रियाललाई जित दिलाउन डेभिड अलाबा र लुकास भास्क्वेजले एक एक गोल गरे। बार्सिलोनाका सर्जियो अग्युरोले एक गोल फर्काए ।

त्यस्तै अर्को खेलमा एथलेटिको मड्रिड र रियाल सोसिडाडले २–२ गोलको बराबरी खेलेका छन् । 

अंक तालिका
यो हारले बार्सिलोना पछाडि परेको छ । बार्सिलोना ९ खेलबाट १५ अंकसहित नवौं स्थानमा रहेको छ । रियाल सोसिडाड १० खेलबाट २१ अंकसहित शीर्ष स्थानमा रहेको छ । 

९ खेलबाट २० अंकको रियाल मड्रिड दोस्रो स्थानमा रहेको छ । ९ खेलबाट २० अंककै सेभिया तेस्रो स्थानमा छ । 

एथलेटिको मड्रिड, रियाल बेटिस र ओसासुनाको समान १८ अंक छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ