arrow

एमाले प्रधानन्यायाधीशको राजीनामा माग्ने पक्षमा छैन : बडाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
Keshav_Badal.jpg

काठमाडौँ ।  नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशव बडालले आफ्नो पार्टी प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्ने पक्षमा नभएको स्पष्ट पारेका छन् । 

उनले भने,‘महाभियोग लगाउने कि नलगाउने त्यो हाम्रो विषय नै होईन । गठबन्धन सरकारमा १६५ जना सांसदहरूको गणित छ,  उहाँहरूले के गर्नुहुन्छ त्यो उहाँहरूको कुरा हो । एमाले महाभियोगको विषयमा अघि बढ्न आवश्यक छैन । यो विषय महाभियोग वा राजीनामा दिने यो हाम्रो चासोको विषय होईन ।’

उनले आजको अवस्थामा पुर्‍याउनको लागि कसले बाध्य बनायो यो मुख्य विषय भएको पनि टिप्पणी गरे । उनले हिजो तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउन हुँदैन भनेर आफूले सशक्त आवाज उठाएको पनि स्मरण गराए । 

उनले संविधानलाई च्यातच्युत गर्न र एमालेलाई सिद्ध्याउन जेसुकै गर्ने काम यो बिचमा भएको भन्दै गुनासो पोखे । उनले भने,‘अहिले जुन विषय उठिरहेको छ, पाँच जनाको इजलासले यति घण्टाभित्र फलानोलाई प्रधानमन्त्री बनाउन भनेर परमादेश जारी गर्ने काम भयो, म त भन्छु अहिले किन प्रधानन्यायाधीशलाई मात्रै पाँचै जनालाई कारबाही हुनुपर्छ ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले महाभियोग लगाउने भनेर नभनेको पनि स्मरण गराए । उनले भने,‘यो विषयमा पनि गठबन्धनको तीन थरीको कुरा आएको छ।’ हिजो एमाले नेतृत्वको सरकारले जनतामा जाने भन्दा प्रतिगमन हो भनिएको उल्लेख गर्दै उनले मुलुकलाई अहिलेको गन्जागोलको स्थितिमा ल्याउनको लागि विगत दुई वर्षदेखि षड्यन्त्र भएको पनि आरोप लगाए । 

उनले भने,‘यो परिस्थितको सिर्जनाकार गठबन्धन हो। उनले हिजो गरेको सेटिङको परिणाम अहिले छताछुल्ल भएको पनि टिप्पणी गरे । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ