arrow

चौध वर्षपछि बढ्यो सलाईको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
matches-salai.jpg

काठमाडौं । भारतमा करिब चौध वर्षपछि सलाईको भाउ बढेको छ । एक रुपैयाँ भारुमा एक बट्टा पाइँदै आएको सलाईको भाउ अब आगामी डिसेम्बर १ तारिखदेखि २ रुपैयाँ हुने भएको हो ।  

भारतका पाँच ठूला सलाई बनाउने कम्पनीले महंगीको मारमा परेकाले अब मूल्य बढाउने सहमति गरेका हुन् । सन् २००७ मा ५० पैसामा आउने सलाईको एक बट्टाको भाउ बढेर एक रुपैयाँ भएको थियो । 

शिवकाशीमा अल इन्डिया चेम्बर अफ म्याचेसले भाउ बढाउने निर्णय गरेको हो । सलाई बनाउने कच्चा पदार्थको भाउ बढेसँगै यसको मूल्य पनि बढाउनु परेको उनीहरुको भनाई छ । 

सलाई बनाउन रोगनका लागि रातो फस्फोरस र मोन चाहिन्छ । त्यस्तै बट्टा पनि चाहिन्छ । त्यस्तै अलावस कागज, पोटासियम क्लोरेट र सल्फेटको पनि जरुरी पर्छ । 



नयाँ