arrow

भारतद्वारा ५ हजार किलोमिटरसम्म मार हान्न सक्ने क्षेप्यास्त्र प्रक्षेपण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
india-rocket.jpg

आइएनएन ।  भारतले बुधवार सतहबाट सतह सम्म मार हान्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्र अग्नि-५ को सफल प्रक्षेपण गरेको छ। क्षेप्यास्त्र नयाँ पुस्ताको आणविक क्षमता भएको क्षेप्यास्त्र हो । जसले ५ हजार किलोमिटरसम्मको दूरीमा रहेको लक्ष्यमा प्रहार गर्न सक्छ।

भारतीय रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार एपीजे अब्दुल कलाम टापु, ओडिशाबाट लगभग ७:५० बजे यस क्षेप्यास्त्र को प्रक्षेपण गरिएको थियो।

तीन चरणको ठोस इन्धनयुक्त इन्जिन प्रयोग गर्ने यस क्षेप्यास्त्रले ५ हजार किलोमिटरसम्मको दायरामा धेरै सटीकताका साथ लक्ष्यमा प्रहार गर्न सक्षम छ।

भारतको 'विश्वसनीय न्यूनतम प्रतिरोधात्मक क्षमता' नीति अनुरूप अग्नि-५ को सफल परीक्षण गरिएको हो। यस नीति ले 'पहिलो प्रयोग नगर्ने' प्रतिविद्धतालाई जोड दिन्छ।

यसअघि यस वर्षको जुन महिनाको २८ तारिख मा भारतले ओडिशाको बालासोरको तटमा रहेको डा एपीजे अब्दुल कलाम टापुबाट नयाँ पुस्ताको आणविक सक्षम ब्यालेस्टिक क्षेप्यास्त्र अग्नि पी (प्राइम) को परीक्षण गरेको थियो।

परीक्षण गरिएको अग्नि पी क्षेप्यास्त्र अग्नि वर्गको नयाँ पुस्ताको उन्नत संस्करण थियो।

सो क्षेप्यास्त्र मा १ हजार देखि २ हजार किलोमिटरसम्म मार हान्न सक्ने क्षमता रहेको छ।
सो ब्यालेस्टिक क्षेप्यास्त्र को तौल अग्नि ३ भन्दा ५० प्रतिशत कम छ र यसमा नयाँ मार्गदर्शन र नयाँ पुस्ताको प्रोपल्सन प्रणाली जडान गरिएको छ।

क्षेप्यास्त्र मा उच्च गुणस्तरको धातु प्रयोग गरिएकाले यसलाई रेल र सडकबाट प्रक्षेपण गर्न सकिन्छ। साथै यसलाई लामो समयसम्म भण्डारण गरी परिचालन आवश्यकता अनुसार देशभर ढुवानी गर्न सकिन्छ।

१ हजार देखि २ हजार किलोमिटर सम्म मार हान्न सक्ने यस क्षेप्यास्त्र को प्रयोग हिन्द प्रशान्त क्षेत्रमा पनि गर्न सकिन्छ।

जून महिनाको २५ तारिख मा डिआरडिओले ओडिशाको तट मा रहेको एकीकृत परीक्षण दायरा(आइटिआर), चंदीपुर, बहु-ब्यारेल क्षेप्यास्त्र प्रक्षेपण (एमबिआरएल) बाट स्वदेशी रूपमा विकसित पिनाका क्षेप्यास्त्र को विस्तारित दायरा संस्करणको सफलतापूर्वक परीक्षण गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ