arrow

विमलेन्द्र निधि कार्यवाहक सभापति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
bimalendra-nidhi.png

काठमाडौँ। नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले  उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापति तोकेका छन् । 

नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम देउवा स्वदेश नफर्कुञ्जेल सम्मका लागि उपसभापति निधिलाई पार्टीको कार्यवाहक सभापति तोकेका हुन् । 

साथै प्रधानमन्त्री देउवाले आफ्नो अनुपस्थितिमा कार्य सञ्चालन गर्ने गरी गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन्।

प्रधानमन्त्री देउवा शुक्रवार बेलायत भ्रमणमा निस्किएका छन्। इङ्गल्यान्डमा आयोजना हुने जलवायु सम्मेलनमा सहभागी हुन शुक्रवार बिहान प्रस्थान गरेका छन् ।

भ्रमण दलमा वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव तथा विभिन्न मन्त्रालयका आधा दर्जन सचिवहरूसमेत रहेका छन् । टोलीमा वन तथा वातावरण मन्त्री यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन मन्त्रालयका सचिव पेमनारायण कँडेल, अर्थ मन्त्रालयका सचिव, मधुकुमार मरासिनी, ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे र राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारी सहभागी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ