- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले शनिबार बिहान पशुपति मन्दिरको दर्शन गरेका छन् । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएको भोलिपल्ट शनिबार विहान उनले आराध्यदेव भगवान् पशुपतिनाथको पूजाअर्चना गरेका हुन् ।
उनले सर्वसाधारणकै बीचमा रही लाइनमै बसेर पशुपतिनाथको दर्शन गरेका हुन् । त्यस क्रममा उनले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गरे । पशुपतिनाथ दर्शन गर्ने क्रममा परिसरमा रहेका वासुकी, सत्यनारायणलगायतका मन्दिरमा उनले दर्शन गरेका हुन् ।
दर्शन गरी फर्कने क्रममा पशुपतिनाथ दर्शन गर्न लाइनमा बसेका सर्वसाधारणसँग भलाकुसारीसमेत गरी करिब डेढ घण्टा गृहमन्त्री खाँणले समय बिताएको खाँणका प्रेस सल्लाहकार मधुशुधन भट्टराईले जनाएका छन् ।
दर्शन गरी मन्दिर परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मुलुकको समृद्धि, नेपाली जनताको सुख र शान्ति सुव्यवस्थाका लागि कामना गरेको उनले बताए ।