कर्णालीको मुख्यमन्त्रीमा कांग्रेसका जीवन शाहीले दाबी पेस गर्दै
जनक बहादुर शाही
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
527
Shares
फाइल तस्विर।
हुम्ला। नेपाली कांग्रेस प्रदेश सभा दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका छन्। उनको आजै दिउँसोसम्म दाबी पेस गर्ने तयारी छ।
मुख्यमन्त्रीमा दाबी पेस गर्न चाहिने कागजी दस्तावेज तयार गर्ने काम भइरहेको कांग्रेस प्रदेशसभा दलका सचेतक हिमबहादुर शाहीले बताए। सत्ता साझेदार दलहरूको सहभागितामा दाबी पेस गरिन्छ अहिले त्यसको लागि तयारी चलिरहेको छ, उनले बताए।
प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले मङ्गलवार बेलुका साढे ७ बजेभित्र मुख्यमन्त्रीको लागि दाबी पेस गर्न आह्वान गरेका छन्।