arrow

चीनलगायतका देशमा हजारौँ विद्यार्थी सङ्कटमा, समाधानका लागि परराष्ट्रलाई ७ विद्यार्थी सङ्गठनको पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
foreign-ministry-parrastra-mofa.jpg

काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण विभिन्न देशमा अध्ययनका लागि शुल्क तिरे पनि सयौँ विद्यार्थीहरूले जान पाएका छैनन् । यसो हुँदा नेपाली अभिभावकहरूले ठुलो मेहनत गरी लगाएका करोडौँको लगानी खेर जाने अवस्थामा छ भने विद्यार्थीको भविष्य नै अन्धकार हुने स्थिति सिर्जना भएको छ ।

एमबिबिएस, एमडी, इन्जिनियरिङ, एमबिएलगायतका विभिन्न कोर्सहरू पढ्नका लागि चीनलगायतका विभिन्न देशमा विद्यार्थीहरूले जान पाएका छैनन् । खास गरी चीनले भने इन्टर्नसिपको अवस्थामा रहेका एमबिबिएसका विद्यार्थीहरूलाई समेत खोप लगाएकै भए पनि फिर्ता बोलाइरहेको छैन ।

चीनले नेपाली विद्यार्थीमाथि चरम लापरबाही गरेपछि चीनमा अध्ययनरत विद्यार्थीहरूले आफू सङ्घर्षरत रहेका बताउँदै विभिन्न मागहरू पुरा गरिदिन सरकारलाई अनुरोध गरेको छ । 

चीनमा सङ्घर्षरत नेपाली विद्यार्थी समुदायले नेपाल रहेका विद्यार्थीलाई चीन बोलाउन पहल गरिदिन, भिसाको लागि पहल गरिदिन, चिकित्सा शिक्षा आयोगलाई अनलाइन क्लासमार्फत पढेका विद्यार्थीलाई मान्यता दिन, चीन फर्किन नपाइरहेकालाई नेपालमै इन्टर्नसिपको व्यवस्था गरिदिन लगायतका विभिन्न मागहरू पुरा गरिदिन अनुरोध गरेका छन् । 

नेपाली विद्यार्थीहरू समस्यामा परेको कुरालाई मध्यनजर गर्दै नेपालका विभिन्न ७ विद्यार्थी सङ्गठनले संयुक्तरुपमा यो समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । नेविसंघ सभापति राजीव ढुङ्गाना, अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूप नारायण श्रेष्ठ, अखिल छौ अध्यक्ष देवेन्द्र कुँवर, अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाहीले संयुक्तरुपमा परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको हो ।

उनीहरूले चीनलगायतका विभिन्न देशमा नेपाली विद्यार्थीहरूका लागि  तत्काल अध्ययनको वातावरण मिलाउन परराष्ट्रलाई आग्रह गरेका हुन् ।

यस्तो दुवै समूहको पत्राचार:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ