arrow
ADVERTISEMENT

प्रधानसेनापति शर्माद्वारा चिसापानीगढीको संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
957895675.jpg

हेटौंडा । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले भीमफेदी गाउँपालिका वडा नम्वर –६ स्थित चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको एक समारोहकाबीच शिलान्यास गरेका छन् । उनले गढी परिसरमा राष्ट्रिय झण्डोतोलनसमेत गरेका छन् ।

उक्त समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले चिसापानी गढीसहित देशभरका गढीहरुले देशको सिमा रक्षाको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै यसको संरक्षण गर्न आवश्यक रहेको बताए ।

लामो समयदेखि राज्यको नरजमा पर्न नसकेको सो गढीको संरक्षणमा अहिले भीमफेदी गाउँपालिकाले सक्रियता देखाएको भन्दै उनले खुशी व्यक्त गरे ।

उनले अन्य स्थानमा रहेको विभिन्न गढीलाई पनि संरक्षण गर्न आवश्यक रहेको बताए । नेपाली सेनाले यस गढी र देशभर भएका यस्ता गढीको संरक्षणको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने र आवश्यक परेको खण्डमा सहयोग गर्न सदैव तयार हुने प्रतिवद्धतासमेत जनाए ।

उनले देशभरका गढीहरुको संरक्षणको कार्यलाई राज्यपक्षले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाई प्रविधियुक्त विकास गरिँदै लैजानुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ