arrow
ADVERTISEMENT

युवालाई ट्रकले किचेर भाग्यो ट्रक 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
accident-final-1618290232.jpg

मकवानपुर । हेटौँडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश३००४प ७१९१ नंको मोटरसाइकललाई ना७ख ८८१ नंको ट्रकले मंगलबार बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।  

मृत्यु भएका मोटरसाइकल चालकको सनाखतका लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिएका छन् । उनका अनुसार ठक्कर दिने ट्रक चालक फरार भएकाले निजको खोजतलास भइरहेको छ । 

मृतक पुरुषको उमेर अन्दाजी ३०–३२ वर्ष रहेको अनुमान गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ