arrow

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
pm-office-singha-durbar-ktm-2078.jpg

काठमाडौं। सरकारले प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले तीन वटा प्रदेशमा प्रदेश प्रमुख फेर्ने निणर्य गर्दै नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

स्रोतका अनुसार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ।

सरकारको यो निणर्यसँगै प्रदेश १ का प्रदेश प्रमुख रहेका सोमनाथ अधिकारी, कर्णालीका गोविन्दप्रसाद कलौनी र सुदूपश्चिमका गंगाप्रसाद यादव जिम्मेवारी मुक्त हुने भएका छन्।

सरकारले सिफारिस गरेका नयाँ प्रदेश प्रमुखहरुको नियुक्ति भने राष्ट्रपतिबाट हुनेछ। राष्ट्रपतिबाट नियुक्त भएसँगै उनीहरुले जिम्मेवारी सम्हाल्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ