arrow

एनआरएनए अमेरिकाको सहयोगमा नुवाकोटमा ३५ लाख बराबरको स्वास्थ्य सामग्री वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
karunaaa.jpg

काठमाडौं । गैर आवसीय नेपाली संघ(एनआरएनए)अमेरिकाको पहलमा संकलित स्वास्थ्य सामग्री नुवाकोटको विभिन्न स्वास्थ्य केन्द्रलाई वितरण गरिएको छ ।

एनआरएनए अभियन्ता पूर्ण बाँनिया र कलाकार तथा कांग्रेस नेतृ करुणा पाण्डेको अगुवाइमा उक्त स्वास्थ्य सामग्रीहरु नुवाकोटको शिवपूरी गाउँपालिका भित्रका पाँचवटा सामुदायिक स्वास्थ्य चौकीमा एक समारोहबीच वितरण गरिएको हो ।

अक्सीमिटर, कन्सन्टेन्टर, ग्लोब्स, गाउनलगायतका करिब ३५ लाख बराबरको सामग्री गाउँपालिकाको कार्यालयमै आयोजित समारोहमा वितरण गरिएको कलाकार पाण्डेले जानकारी दिइन ।

कार्यक्रममा बोल्दै कलाकार पाण्डेले कांग्रेसको महाधिवेशनको मुखमा वितरण गरिएको स्वास्थ्य सामग्री नितान्त समाजसेवी भावनाका साथ वितरण गरिएको बताइन । आफूले यसअघि पनि पटक पटक सामाजिक कामहरु गर्दै आएकाले सोही कामको निरन्तरता भएको पनि बताइन ।

गाउँपालिका अध्यक्ष रामकृष्ण थापा साथै वडाध्यक्षहरुको उपस्थितिमा उक्त सामग्रीहरु वितरण गरिएको हो । यसअघि पनि पाण्डेकै अगुवाइमा टाँडी गाउँपालिकास्थित खरानीटार अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ