arrow

मेयर पराजुली दण्डवत् प्रणाम गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
parajuli-bhim.JPG

विराटनगर । विश्व शान्ति र मानवकल्याणका निम्ति विराटनगर महानगरपाकिका मेयर  भीम पराजुलीले सदाझै यसवर्ष पनि छठपर्वमा छठीमाताका लागि दण्तवत् प्रणाम गर्दै घाटसम्म पुग्ने यात्रा आरम्भ गरेका छन्  ।

विराटनगर महानगरपालिकाको पोखरियास्थित ठूलो मिलको दुर्गा मन्दिरबाट बुधवार बिहान ११:२७ बजे यात्रा शुभारम्भ गर्दै छठीमाताले विश्वमा फैलिएको कोरोनाको महामारीलाई अन्त्य गर्ने विश्वास व्यक्त गरे ।

 उनले आफूले यात्रा लगातार १८ वर्षदेखि गर्दै आएको र विगत छ वर्षदेखि भतिज पराजुलीले पनि सोही यात्रामा साथ दिँदै घाटसम्म पुग्ने गरेको जानकारी दिए । 

परोपकार घाटसम्म पुगेर सूर्यमाताको अघ्र्य दिन तीन किमी ५०० मिटर दूरी पार गर्न करिब पाँच घण्टा लाग्ने र यसैको माध्यमबाट विराटनगरवासीलगायत मानव जातिको कल्याण हुने आफ्नो अटुट विश्वास रहेको प्रमुख पराजुलीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ