arrow

इलामकी युवन्तिका तामाङ सगरमाथा चढ्ने तयारीमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
awantika-tamange.jpg

काठमाडौं । इलाम सूर्योदय नगरपालिका–१० कि युवन्तिका तामाङ सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् ।

विभिन्न साहसिक खेल र बाइक राइडिङकी सौखिन २८ बर्षीया तामाङले आगामी अप्रिल महिनामा सगरमाथा आरोहण गर्ने भएकी हुन् ।

इलाइट हिमालय एक्सपीट ट्रेकमार्फत आरोहण अभ्यास गरिरहेकी उनी हालै मात्र सगरमाथाको लोबुचे पिकसम्मको ६ हजार १ सय १९ मिटरको उचाइको आरोहण गरेर फर्किएकी छन् ।

कृषि पेशामा आबद्ध प्रकाश तामाङ र मधु तामाङकी एक्ली छोरी युवन्तिका वाइक राइडिङमा अब्बल छिन् । सगरमाथा आरोहण खर्चिलो हुने भएकाले उनी यतिबेला खर्च जुटाउने कसरतमा छिन् ।

उनी भन्छिन्,‘जिल्लाबाट पहिलो महिला आरोही बनेर सगरमाथाको शिखरमा पुगेर राष्ट्रिय झन्डा फहराउने हिम्मत लिएको छु । सपना पूरा गर्छु भन्ने आशा छ । यसका लागि सबैको सहयोगको अपेक्षा गरेको छु ।’ पहिलो पटक सगरमाथा आरोहण गर्ने नेपालीहरुलाई सामान्यत ३५ लाखको हाराहारीमा  खर्च हुने गर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ