arrow

तथ्याङ्क संकलन गर्न आउने गणकहरुलाई आत्मीय व्यवहार गर्न मुख्यमन्त्री शाहीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
jiwan-bd.shai.jpg

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सही तथ्याङ्कले मात्रै योजना तथा कार्यक्रम बनाउन सरकारलाई सहज हुने बताएका छन् ।

बिहीबार राष्ट्रिय जनगणनाको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले नागरिकले दिएको सही तथ्याङ्क मात्रै योजना तथा कार्यक्रम बनाउन सरकारलाई सहज हुने बताएका हुन् ।

उनले भने, ‘यो पटकको गणना मानिसको मात्रै होइन्, विकासको योजना बनाउन संकलन गरिने तथ्याङ्क पनि हो । त्यसैले सही विवरण टिपाएर कर्णालीको विकास र समृद्धिको लागि सहयोग गरिदिन अपिल गर्दछु।’

जनगणनाबाट आउने सही तथ्याङ्कलाई आधार बनाएर सम्बन्धित जाती, धार्मिक समुदाय, महिला वा फरक क्षमता भएका व्यक्तिहरुका लागि प्रदेश सरकारले नीति र कार्यक्रम बनाउने मुख्यमन्त्री शाहीको भनाइ थियो । शुभारम्भ कार्यक्रममा उनले घर–घरमा तथ्याकं संकलन गर्न आउने गणकहरुलाई आत्मीय व्यवहार गर्न पनि अनुरोध गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ