- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । चैनपुरको सेती आयोजनाका कर्मचारीहरूले महिनौँदेखि ज्याला नपाएको गुनासो पोखेका छन् । जिल्लाको तलकोट गाउँपालिका ३ स्थित २१० मेगावाटको जलविद्युत आयोजनका कर्मचारीहरूले गत वैशाखदेखि नै ड्रिलिङ कामको ज्याला नपाएका हुन् ।
यस विषयमा सहायक इन्जिनियरिङ दिनेश सिवाकोटीले जिल्ला प्रशासन कार्यालय बझाङलाई निवेदन लेख्दै श्रमिक तथा स्थानीय व्यवसायीको रोकिएको रकम तत्काल भुक्तानी गर्न आग्रह गरेका छन् ।
यसका साथै लामो समयसम्म ज्याला भुक्तानी नगर्ने नेपाल विद्युत् प्राधिकरण इन्जिनियरिङ निर्देशनालय अन्तर्गत माटो, ढुङ्गा, तथा कङ्क्रिट प्रयोगशालाका निर्देशक अजवसिंह महरमाथि हदैसम्मको कारबाही गर्न समेत उनले माग गरेका छन् ।
यस्तो छ निवेदन: