arrow

उच्चस्तरीय स्वीस प्रतिनिधिमण्डल र कांग्रेस उपसभापति निधिबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
nidhi.jpg

काठमाडौं। स्वीस सहयोग रणनीति मूल्यांकनका लागि नेपाल भ्रमणमा रहेको स्वीस सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डल र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिबीच बिहिबार भेटघाट भएको छ।

निधि निवास बानेश्वरमा भएको भेटमा स्वीस प्रतिनिधिमण्डलले नेपालको परिवर्तित राजनीतिक सन्दर्भ, नयाँ संविधान र संघीयताको कार्यान्वयन तथा संक्रमणकालीन न्याय र विकास निर्माणको क्षेत्रमा स्वीस सरकारले गरेको सहयोगका बिषयमा कुराकानी भएको थियो।

नेपालको विकासमा स्वीस सरकारको सहयोगको निधिले प्रशंसा गरेका थिए। सहयोगका लागि धन्यवाद दिदै उनले अन्य विकासमा पनि सहयोग बिस्तार गर्न आग्रह गरेका थिए। साथै, निधिले नेपालमा कृषि, जलविद्युतको क्षेत्रमा लगानी गर्नका लागि लगानीकर्ता पठाउन पनि आग्रह गरेका थिए।

जवाफमा नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन क्यापिलरले त्यसका लागि आफूहरु तयार रहेको भन्दै नेपालको झण्झटिलो सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएकी थिइन्।

नेपाल भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रदेश नं १ का जिल्लाहरुमा संचालित परियोजनाको स्थलगत भ्रमण गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधिमण्डलमा राजदूत क्यापिलरसहित मेरी हब्ली, गर्ट इञ्जल्समन, क्रिस्टोफ गार्फ र जोसे लुइस पेरेरा ओसियो सहभागी थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ