arrow

भारतको पद्मश्री अवार्डमा सर्व साधारणदेखि ट्रान्सजेन्डरसम्म समेटिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
padma-award.jpg

काठमाडौँ । नोभेम्बर ९ मा भारतका राष्ट्रपति रामनाथ कोविन्दले ११९ जनालाई पद्मश्री पुरस्कार (अवार्ड) प्रदान गरे । जसमा ७ पद्म विभूषण, १० पद्म भूषण र १०२ पद्म श्री अवार्ड रहेका थिए ।

यीमध्ये २९ अवार्ड पाउने महिला थिए । १० जना अन्य देशका व्यक्तिहरू रहेका थिए । १६ मरणोपरान्त पुरस्कृत भएका थिए भने, १ जना ट्रान्सजेन्डर अर्थात् पारलैंगिक व्यक्ति थिए । अवार्ड पाउनेमा नेपाली भाषी साहित्यकार लीलबहादुर क्षेत्री, खेलाडी द्वय तरुणदीप राई र जितु राई पनि थिए ।

पद्म अवार्ड पाउने पारलैंगिक महिला जोगाठी कर्नाटक जनपद अकादमीकी पहिलो पारलैंगिक अध्यक्ष पनि हुन् । यसबाट भारत सरकारले पारलैंगिक समुदायको विकासका लागि भारत लागि परेको चित्रण गरेको छ ।

शताब्दीदेखि भारतमा पारलैंगिक समुदायको हितमा विभिन्न कदमहरू चालिँदै आएका छन् । सोही अन्तर्गत भारत सरकारले छात्रा योजना भनेर पारलैंगिक समुदायलाई लक्षित गर्दै स्वास्थ्य, शिक्षा, कल्याण, सीप स्तरोन्नति, आश्रय र आर्थिक सहयोग र जीविकोपार्जनका समस्याहरूलाई सम्बोधन गर्ने गरेको छ ।

यस्तै तेस्रो लिङ्गी भारतका सबै जसो सरकारी क्षेत्रमा अधिकारप्राप्त लिङ्ग हो । सन् २००५ मा भारतीय राहदानीमा तेस्रो लिङ्ग विकल्प समावेश गरिएको थियो । जुन धेरै पश्चिमा देशभन्दा अगाडिको कुरा हो ।

यस्तै सन् २०१३ मा भारतको आधार कार्डमा समेत पारलैंगिकलाई स्थान दिइएको थियो । यस्तै भारतको रिजर्भ बैङ्कले सन् २०१५को अप्रिलमा सबै बैङ्कलाई तेस्रो लिङ्गी स्थान राख्न निर्देशन दिएको थियो ।

यसबाहेक भारतको रेलवे क्षेत्र, पर्यटन क्षेत्र एवं हालै भारतको कोभिड-१९विरुद्धको खोपको आधिकारिक वेबसाइटले समेत तेस्रो लिङ्गीलाई स्थान दिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ