arrow

राजालाई जनताले हटाउन नचाहे पनि हटाइयो : डा. केसी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
Dr._Surendra_KC_.JPG

काठमाडौँ ।  प्राध्यापक डा. सुरेन्द केसीले राजालाई जनताले हटाउन नचाहे पनि हटाइएको बताएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा डा. केसीले देश पृथ्वीनारायण शाहले मुस्किलले बनाएको भन्दै अझै पनि हुम्ला-जुम्लामा शाह वंशी राजाले बनाएको सिस्टमबाट चलिरहेको सुनाए ।  

उनले राजा पक्षका व्यक्तिहरूलाई के काम गरेर राजालाई हटाइए भनेर सोध्न चाहेर पनि सोध्ने अवसर नमिलेको सुनाए ।  उनले भने,‘राजालाई जनताले हटाउन नचाहे पनि हटाइयो ।’  

डा. केसीले १२ बुँदेमा राजतन्त्रको अन्त्यको कुरा नभएर निरङ्कुशको अन्त्य मात्र उल्लेख भएको बताए । उनले माधव नेपालको राजतन्त्र फाल्नुमा मुख्य हात रहेको भन्दै भने, ‘माधव नेपालले जनमतबाट मात्र राजसंस्था राख्न सकिने भनेका थिए, नेपाललाई सम्भव राजाले सबैभन्दा धेरै अवहेलना गरेका थिए ।’ सबैभन्दा पहिला रोग के हो त्यसको पहिचान गर्नुपर्नेमा उनले जोड दिए । 

 २०४७ सालको संविधानलाई फाल्नलाई यो संविधान ल्याएको बताए । उनले ०६३ सालको अन्तरिम संविधानमा संविधानसभाको परिकल्पना गरिएको बताए ।  उनले त्यसको आधारमा आजको व्यवस्था ल्याइएको समेत जिकिर गर्दै भने,‘यही संविधानले गर्ने भए अर्को संविधान किन चाहिन्थ्यो र, के रोग लागेको छ त्यसमा ध्यान दिन जरुरी छ । आज कुन रोगको कारण अदालतमा त्यस्तो अवस्था उत्पन्न भएको छ ।

उनले अहिले विवादमा आएका यी सबै राजनीतिक दलहरू फेरी एकै ठाउँमा आउने बताए । राजाले बनाएको देश नेपाल भन्दै उनले भने,‘यो देश हामीले बनाएको हैन राजाले बनाएको हो ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ