arrow

स्याङ्जामा ट्याक्टर दुर्घटना: चालकको मृत्यु, सहचालक घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
accident-final.jpg

पोखरा । स्याङ्जामा आइतबार राति ट्याक्टर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका-५ बस्ने ३८ वर्षीय सन्तोष गुरुङ रहेका छन् । सन्तोष ट्याक्टर चालक हुन् ।

स्याङ्जाको आँधीखोला गाउँपालिका-५ मा ग१त ६४४० नम्बरको ट्याक्टर नालामा पल्टिँदा सो दुर्घटनामा भएको हो । 

दुर्घटनामा सहचालक ३४ वर्षीय रेशम गुरुङ गम्भीर घाइते भएका छन् । 

उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ