- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डोटी । नेपाली काँग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाहीले डोटी जिल्लाका पहिरो पीडितलाई नगद सहयोग गरेका छन्।
नेपाल विद्यार्थी सङ्घ निवर्तमान उपाध्यक्षसमेत रहेका शाहीले असोज ३१ गतेदेखि ३ गतेसम्म आएको बेमौसमी वर्षाले पुर्याएको क्षतिका पीडित परिवारलाई राहत प्रदान गरेका हुन्।
जिल्लाको जोरायल गाउँ पालिकामा मृत्यु भएका शेरबहादुर कामी, मोहन कामी, पुष्कर कामी र पवित्रा कामीका आफन्त हेम कामीलाई राहत स्वरूप शाहीले ४० हजार प्रदान गरेका हुन्।
यस्तै मृतक रबिन कामीका आफन्त अम्मरे कामीलाई १० हजार, मृतक जोगी सार्की र झुप्री सार्कीका आफन्त पुर्णे सार्कीलाई २० हजार गरी ७० हजार सहयोग प्रदान गरिएको उनले बताए। शाहीले एनआरएनए अस्ट्रेलियाबाट स्वतन्त्र प्रताप शाह र नेपाली काँग्रेस जनसम्पर्क समिति डेनमार्कका उपसभापति नील कुमार थापाको पहलमा सहयोग प्रदान गरेको बताएका छन्।
उनले बाँकी पीडित परिवारलाई पनि केही दिनमा सहयोग प्रदान गरिने बताए। पहिरोले दिएको पीडाबाट बाचेका परिवारका सदस्यको जीविकोपार्जन गर्न निकै गाह्रो रहेको अवस्थामा आफूहरूको सहयोगबाट थोरै भए पनि राहत पुग्ने उनले बताए।