arrow

चीन र अमेरिका पत्रकारमाथिको प्रतिबन्ध खुकुलो पार्न सहमत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
xi-jinping-joe-biden.jpg

काठमाडौँ । एक अर्काको देशका पत्रकारमाथिको यात्रा तथा भिसा प्रतिबन्ध खुकुलो पार्न अमेरिका र चीन सहमत भएका छन् । मङ्गलवार बिहान अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच भएको वार्तापछि यस्तो सम्झौता भएको हो ।

यो सम्झौताले अब दुवै देशका पत्रकारहरूलाई प्रवेश तथा फिर्ता जान थप स्वतन्त्र प्रदान गर्ने छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यो कदमको स्वागत गर्दै 'प्रगतिको पहिलो चरण' भएको बताएका छन् ।

यस्तै चिनियाँ राज्य सञ्चालित सञ्चार माध्यम चाइना डेलीले यो सम्झौता 'एक वर्ष भन्दा लामो समयको जटिल वार्तापछिको परिणाम' भएको बताएको छ ।

गत वर्ष फेब्रुअरीमा अमेरिकाले चिनियाँ राज्य सञ्चालित मिडियालाई 'विदेशी मिसन'का रूपमा वर्गीकृत गर्दै मिडिया र मिडियाकर्मीमाथि कडाइ सुरु गरेको थियो ।

चीनले प्रख्यात अमेरिकी सञ्चार माध्यम न्यु योर्क टाइम्स, वासिङ्टन पोस्ट र वाल स्ट्रिट जर्नललगायतका १३ पत्रकारहरूलाई त्यहाँबाट निष्कासन गरेपछि अमेरिकाले सो कदम चालेको थियो ।

दुवै देशबिच अहिले भएको सम्झौतापछि ती पत्रकारहरू फिर्ता जान पाउँछन् कि पाउँदैनन् भन्ने कुरा भने स्पष्ट भइसकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ