arrow

निर्वाचन अधिकृत पक्राउको विरोधमा कांग्रेस कार्यकर्ताले टायर बालेर गरे प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
rasuwa-sadak.jpg

काठमाडौं । नेपाली कांग्रेस रसुवाका असन्तुष्ट कार्यकर्ताहरुले उत्तरगया गाउँपालिका-५ बेत्रावतीबजार स्थित मैलुङ कालिकास्थान र उतरगयाधाम जाने मुख्य चोकमा विरोध प्रदर्शन गरेका छन् । टायर बालेर सडक समेत अवरुद्ध पारेका छन् ।

कांग्रेसको १४औं महाधिवेशनका लागि रसुवामा निर्वाचन गराउन गएका निर्वाचन अधिकृत सुमनकुमार केसीलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

वडा अधिबेशनका क्रममा व्यापक धाधली भएको, निर्वाचन अधिकृतको स्वतन्त्रता माथि हस्तक्षेप भएको, घर जाने क्रममा खानीखोला–नौबिसे धादिङमा अधिकृतलाई अपहरण शैलीमा पक्रिएको विरोधमा प्रदर्शन गरिएको कांग्रेस नेतृ शान्ता खडकाले जनाएकी छन् ।

प्रदर्शनका क्रममा सडक अवरुद्ध हुँदा काठमाडौंबाट धुन्चे ,रसुवागढी र रसुवाबाट अन्यत्र सवारी साधन तथा यात्रुहरुलाई समस्या भएको छ । निर्वाचनका कागजातरु हराएको उजुरीका आधारमा निर्वाचन अधिकृत केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ