arrow

भाजपा नेता शास्त्री जनकपुरमा

दलितको समस्या नेपालमा पनि भारतमा जस्तै

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ मंसिर १ बुधबार
sastri.jpg

जनकपुरधाम। सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) प्रवक्ता डाक्टर विजय सोन्कर शास्त्री जनकपुरमा आएका छन् । डा शास्त्री नेपाल भ्रमणका क्रममा बुधबार जनकपुरधाम आइपुगेका हुन् । उनीसँग पत्नी डाक्टर सुमन सोन्कर शास्त्री पनि रहेकी छन् । 

लोकसभाका पूर्व सांसद समेत रहेका शास्त्रीले आफू राजनीतिक भ्रमणमा नआएको बताए । ‘सामाजिक र धार्मिक यात्रामा आएको हुँ’, उनले भने, ‘सामाजिक सङ्गठन, केही धार्मिक सङ्गठनसँग पनि अन्तरक्रिया भएको छ ।' उनले केही नेतासँग भेटघाट भए पनि आफू राजनीतिक भ्रमणमा नआएको बताए ।

डा. शास्त्रीले दलितको समस्या भारतमा जस्तै नेपालमा पनि रहेको बताए। बुधवार पत्रकारहरूको भेटघाटको क्रममा शास्त्रीले भने, ‘भारतमा ३५ करोड दलित समुदाय हुन । भारत सरकारले यत्रो ठुलो सङ्ख्याका समुदाय दबिए, पिछडिएकोमा मुलुक नै पछाडि पर्ने सोचका साथै भारतमा दलितको समुचित विकासका लागि सयौँको सङ्ख्यामा योजनाहरू ल्यायो । आज भारतमा दलित समुदायको अवस्था हदैसम्म राम्रो छ । नेपालको संविधानमा पनि दलितहरूको उत्थान धाराहरू ल्याइएको छ, त्यो कार्यान्वयनमा आएमा दलितको विकास हुने नै छ ।’

जनकपुरमा संचारकर्मीहरुसँग कुरा गर्दै सामाजिक र धार्मिक स्वरूप एउटै रहेकोले दलितहरूका समस्या पनि उस्तै रहेको प्रवक्ता शास्त्रीले जानकारी गराए। प्रवक्ता शास्त्रीले भारतप्रति यहाँका सबैले धेरै माया र स्नेह देखेको पनि बताए ।

काठमाडौँबाट विमानमार्फत जनकपुरधाम आएका उनलाई दलित अगुवाहरू र मधेसी दलका केही नेताहरूले स्वागत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ