arrow
ADVERTISEMENT

मकवानपुरगढी गाउँपालिकामा कांग्रेसले लगायो ताला

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ मंसिर २ बिहिबार
253850020_1316084118838064_8815261495266921016_n.jpg

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको कार्यालयमा ताला लगाइएको छ । बुधबार नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाले कार्यालयमा ताला लगाएको हो ।

विगत सात/आठ महिनादेखिको ढुङ्गा गिट्टी बालुवा उत्खननको प्रक्रियामा गाउँपालिकाको मिलेमतोमा अनियमितता भएको भन्दै ताला लगाईएको कांग्रेसले जनाएको छ । 

नदिजन्य सामाग्रीको परिणाम संख्या, काटिएको राजश्व र गिट्टी बालुवा तथा नदिजन्य पदार्थमा लगाइएको ठेक्काको विषयमा आफुखुसी गरिएकोले कांग्रेसले गाउँपालिकाको मुख्य ढोकामा र नयाँ बनेको भवनको मुल च्यानल गेटमा ताला लगाइएको गाउँपालिका सभापति राजविर मोक्तानले बताए । 

गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाई बाहिर निस्कन अनुरोध गर्दै ताला लगाइएको थियो । गिट्टी बालुवा तथा नदिजन्य पदार्थमा भ्रष्टाचार गर्न खोजिएको, अनियमितताबारे सर्वपक्षीय छलफल नै नगरी गाउँपालिका आफुखुसी अघि बढेको, कांग्रेसबाट निर्वाचित वडा अध्यक्षसहित कार्यपालिका सदस्यहरुलाई बेवास्ता गर्दै बहुमतले निर्णय गरेकोलगायत आरोप कांग्रेसको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ