arrow
ADVERTISEMENT

मकवानपुर क्षेत्र १ को प्रदेश सभा (ख)को सभापतिमा बानियाँ विजयी

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
rajesh.jpg

मकवानपुर । नेपाली काँग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र १ को (ख)को सभापतिमा राजेश बानियाँ निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेश अन्तर्गत शुक्रवार सम्पन्न प्रदेशसभा अधिवेशनमा बानियाँले १ सय ७७ मत प्राप्त गर्दै  निर्वाचित भएका हुन्। 

नवनिर्वाचित सभापति बानियाँ हेटौँडा उपमहानगरपालिका -५ का वडाध्यक्ष समेत हुन् । 

निर्वाचनमा उनका प्रतिद्वन्द्वी रमेशध्वज कार्कीले ८३ मत प्राप्त गरी पराजित भए । उपसभापतिमा विनोद शर्मा (१६०), शुक्रराज जोशी (१५६), रिना गौतम (९३) र सुभाष न्यौपानेले(७६) मत प्राप्त गरे ।

जसमा शर्मा र जोशी विजयी भएका छन् ।

सचिवमा गोकर्ण सुवेदी (१८०), प्रदीप कँडेल (१९२) र विक्रम लामा (१०६) मत प्राप्त गरेका छन् । जसमा सुवेदी र कँडेल विजयी भएका छन् ।

सहसचिवमा एक्का बहादुर मोक्तान (१०४), केदार प्रसाद ढोडारी (१८८) र सानुकान्छा दोङ (१९३) मत प्राप्त गरेका छन् । जसमा ढोडारी र दोङ विजयी भएका छन् ।

अन्य पदको भने मत गणना सुरु केही समयमा सुरु गरिने निर्वाचन अधिकृतले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ