arrow
ADVERTISEMENT

मकवानपुर क्षेत्र १ प्रदेश सभा (क)को सभापतिमा सुशान्त श्रेष्ठ निर्विरोध

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
su.png

मकवानपुर । नेपाली काँग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र १ को प्रदेश सभा (क)को सभापतिमा सुशान्त कुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

सभापतिमा उनको मात्रै उम्मेदवारी दर्ता भएपछि निर्विरोध भएका हुन् । उपसभापतिमा पनि कमला कुमारी वाइबा र गोपाल बहादुर नेसुर निर्विरोध भएका छन् ।

त्यस्तै सचिवमा भूमिनन्द गौतम र शङ्कर पराजुली निर्विरोध भएका छन् भने सहसचिवमा दीपक ढकाल र अमर सोराइली पनि निर्विरोध भएका छन् । सदस्य खुला महिला तर्फ जानुका ठकुरी, समीक्षा विक र छाया अधिकारी पनि निर्विरोध भएका छन् ।

खस आर्य तर्फ बालकृष्ण सापकोटा, आदिवासी जनजाति तर्फको महिलामा कृति ग्लान र भानुमाया सोराली, पुरुषमा दीपकसिंह घलान, भक्तबहादुर राई र शुक्रराज पाख्रिन निर्विरोध भएका हुन् । 

दलित तर्फ अनिल विक र मधेसी, अल्पसङ्ख्यक, मुस्लिम, अपाङ्गता तर्फ रामशरण माझी निर्विरोध भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ