arrow

मुख्यमन्त्री शाहीसमक्ष प्रधानसेनापति शर्माको ब्रिफिङ

logo
जनक बहादुर शाही
प्रकाशित २०७८ मंसिर ५ आइतबार
armychif and shai.jpg

सुर्खेत । प्रधानसेनापति प्रभुराम शर्माको टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग शिष्टचार भेटघाट गरेको छ । उक्त अवसरमा प्रधानसेनापति शर्माले कर्णालीको विकास निर्माणका गतिविधि र विपत् व्यवस्थापनका क्रियाकलापहरूमा नेपाली सेनाबाट भए गरेका गतिविधिबारे मुख्यमन्त्री शाहीसमक्ष ब्रिफिङ गरेका थिए ।

त्यस्तै उनले आगामी दिनमा प्रदेश सरकारसँग नियमित तथा निकट समन्वयमा रही काम गर्न ईच्छुक रहेको र कर्णाली करिडोर अन्तर्गत सल्लिसल्ला खण्डको ७ किलोमिटर चट्टान खण्डको समयमा सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसका साथै मुख्यमन्त्री शाहीको अनुरोधमा हुम्लामा तत्कालका लागि खाद्यान्न ढुवानी गर्न समेत राजी भएका बताइएको छ । त्यस्तै मुख्यमन्त्री शाहीले रुकुम–सल्यान छिन्चु–जाजरकोट–डोल्पा सडक, कर्णाली राजमार्ग नाग्मा जुम्ला, खुलालु–सल्लिसल्ला सडक खण्ड र विपत् व्यवस्थापनमा भएको नेपालीको सेनाको योगदानबारे चर्चा र प्रशंसा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ