arrow

गोरखाकी डोल्मा दरौंदीखोला किनारमा मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
death-1618215084.jpg

गोरखा । एक सातादेखि वेपत्ता भएकी एक महिला मृत भेटिएकी छन् । गोरखा नगरपालिका-१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार तामाङ गत कात्तिक ३० गतेदेखि हराएकी थिइन् । उनलाई सोमबार साँझ गोरखा नगरपालिका-१२ खत्रेबेँसीस्थित दरौंदीखोला किनारमा मृत फेला पारिएको हो ।

तामाङको शव परीक्षणका लागि गोरखा अस्पतालमा ल्याइ थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ