arrow

सवारी दुर्घटनामा माओवादीका नेता सुवर्ण देवकोटाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
accident-final.jpg

तनहुँ । सवारी दुर्घटनामा परी माओवादी केन्द्र गोरखाका युवा नेता सुवर्ण देवकोटाको ज्यान गएको छ । मंगलबार तनहुँको भन्सारमा उनी सवार बा४५प २३८ नम्बरको स्कूटरलाई ना६ख ९१३४ नम्बरको बसले ठक्कर दिंदा गम्भीर घाइते भएका थिए । उनको डुम्रेस्थित मोती अस्पतालमा प्रारम्भिक उपचार गरिएको र थप उपचारका लागि दमौली अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी सहायक निरीक्षक डम्बर क्षेत्रीका अनुसार ठक्कर दिने बस र  चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

पालुङटार नगरपालिका ४ घर भएका देवकोटा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पालुङटार नगर कमिटीका संयोजक पनि हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ