arrow

एमालेको विधान अधिवेशनको निर्णय लत्याइयो, केन्द्रीय सदस्य र पदाधिकारी थपियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ११ शनिबार
uml-10th-general13345.jpg

चितवन । नेकपा एमालेले गत असोजमा भएको विधान अधिवेशनको निर्णय लत्याएको छ । विधान अधिवेशनले तय गरेका पदाधिकारी संख्यालाई चितवनको सौराहामा भएको पार्टीको नवौं केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाएको छ । स्थायी कमिटी ४५ सदस्यीय यथावत राख्ने भएको छ । तर पोलिटब्यूरो पनि बढाएर ९९ सदस्यीय बनाइएको छ । 

अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भन्दै राखेको प्रस्तावलाई केन्द्रीय कमिटीले सर्वसम्मतिले पारित गरेको हो । केन्द्रीय कमिटीले गरेको निर्णयअनुसार आजको बन्द सत्रमा विधान संसोधन प्रस्ताव पेश गरिने पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् । 

त्यस्तै एमालेका आयोग बढाएर २५ सदस्यीय बनाइएको छ । थप गरिएका पदाधिकारीमा उपाध्यक्ष  ६ जना र उपमहासचिव तीन जना रहने छन् । थप गरिएसँगै कूल पदाधिकारी संख्या १९ पुगेको छ । 

यस्तै सचिवालय १९ सदस्यीय हुने भएको छ । पदाधिकारी संख्या बढाएर पार्टी एकतालाई आधार बनाइएको भए पनि उम्मेदवारी दिएर चुनावमा जानका लागि भने असन्तुष्ट नेताहरु तयार रहेका छन् । 

उपाध्यक्ष भीमबहादुर रावल र सहमहासचिव घनश्याम भुषालले उम्मेदवारी दिने बताइसकेका छन् । केन्द्रीय सदस्यका आकांक्षीहरु पनि धेरै नै रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ