arrow

भीम रावलको पर्चा बाँड्न लाग्यो रोक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
bhim-rawal-10th-general-uml.jpg
सौराहा । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष डा. भीमबहादुर रावलको पर्चा बाँड्न रोक लगाइएको छ । सर्वसम्मति गर्ने भन्दै बन्दसत्रको फ्लोरले अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दिएका बेलामा त्यसको विरोध गर्दै रावल एक्लै विधान विपरीत भएको भन्दै प्रतिकार गर्दै आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । 

उक्त अभियानअन्तर्गत शनिबारदेखि नै उनले भोट माग्दै हिँडिरहेका छन् । तर उनको पक्षमा पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले बाहिर पठाइदिएका छन् । 

बन्दसत्रका लागि हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई रावलका कार्यकर्ताहरुले पर्चा वितरण गरेकामा स्वयंसेवकहरुले उनीहरुलाई बाहिर पठाइदिएका हुन् । रावलले, ‘मेरो उम्मेदवारी किन ?’ लेखिएको पर्चा बनाएका छन् । 

आज महाधिवेशनको अन्तिम दिन बन्दसत्रमा ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी रहेको छ । हिजोको म्यान्डेटअनुसार ओलीले आज आफ्नो खल्तीबाट नाम निकालेर पढ्ने छन् र सहभागी सबैले थपडी बजाएर सर्वसम्मत कार्यसमिति चयन गर्ने बताइन्छ । 

तर चट्टान बनेर खडा भएका रावलले आफ्नो अडान नछाडेकाले अन्य पदमा चुनाव नभए पनि अध्यक्षमा मात्रै भए पनि चुनाव हुन सक्ने अनुमान गरिएको छ । तर रावलका कार्यकर्तालाई स्वयंसेवकले नै धपाएर मत माग्न मनाही छ भनेसँगै ओली जे चाहन्छन् त्यही गर्न खोजिरहेको स्पष्टै हुन्छ । 

आजको बन्दसत्रले केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी छ । तर रावलले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ