arrow

कांग्रेस काभ्रे सभापतिमा तीर्थ लामा विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
tritha-lama-kavere.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काभ्रेपलान्चोक जिल्ला सभापतिमा तीर्थ लामा विजयी भएका छन् ।

सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहको सहयोगमा लामा विजयी भएका हुन् ।

आइतबार विहान सम्पन्न मत गणनाको परिणाम अनुसरा लामा एक हजार ६४६ मतसहित विजयी भए । लामाका प्रतिस्पर्धी अच्युत पौडेलले ७७० मत प्राप्त गरे।

त्यस्तै उपसभापतिमा ठाकुरप्रसाद न्यौपाने र रमेशप्रसाद हुमागाईं, सचिबमा गुणराज मोक्तान र माधवप्रसाद ढकाल, सहसचिबमा रमीर ब्यान्जु श्रेष्ठ र रविन्द्रनाथ सिग्देल विजयी भए । लामा देउवा समूहका हुन । काभ्रेमा दुई हजार चार सय ६८ मत खसेको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ