arrow

सवारी दुर्घटनामा गोपाल चापागाईँको मृत्यु, श्रीमती र छोरा घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
accident.jpg

पोखरा । नवलपरासीको कावासोतीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासी पूर्वको कावासोती नगरपालिका-११ लौघाई बस्ने वर्ष ४९ को गोपाल चापागाईँ रहेका छन् ।

गए राति ९ बजे लौघाइस्थित भित्री सडक खण्डमा गरेको लु१ह १०३३ नं.को अटोले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

सो दुर्घटनामा घाइते भएका अन्य दुई जनाको मध्य विन्दु जिल्ला अस्पताल डन्डामा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घाइते हुनेमा मृतक चापागाईँकी श्रीमती वर्ष ४६ की राधा चापागाईँ र छोरा वर्ष २९ का पङ्कज चापागाईँ रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना पछि चालक फरार छन् । ठक्कर दिने अटोलाई प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ