- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । म्याग्दीमा जीप दुर्घटना हुँदा एउटै गाउँका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा सदस्य पनि छन् । मृत्यु हुनेमा वडा सदस्य वर्ष ३० की गौमाया विक, सवारी चालक ३५ वर्षका दूतबहादुर पुन, ६५ वर्षका खिमनाथ शर्मा र खिम पुन रहेका छन् ।
उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्याम राईले जानकारी दिए । सोमबार साँझ ५ बजे बेनीबाट रघुगंगा गाउँपालिका-१ बेगगाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग१ज ७२५१ नम्बरको जीप दुर्घटनामा परेको हो ।
ब्रेक फेल भएर जीप सडकबाट करिब ४०० मिटर तल खोल्सामा खेसेको बताइएको छ । स्थानीय मिलन पुनका अनुसार उकालो सडकको साँघुरो घुम्तीमा जीपले टर्निङ लिन नसक्दा ब्याक भएर खसेको हो ।
डिएसपी राईका अनुसार मनोज पुन, भीम फगामी, बलबहादुर विक र ज्ञानबहादुर शेरपूञ्जा घाइते छन् । उनीहरुलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल ल्याइएको छ ।